सराङ्गकोट सहकारीमा महिला भेला

पाेखरा | भदौ १२, २०८०

सराङ्गकोट सहकारीमा महिला भेला

सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ । 

 

संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।


कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता हुनु महत्वपूर्ण रहेको र सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमहरुले सकारात्मक सन्देश सहित  देशको आर्थिक सहभागितामा सहयोग पुगेको बताइन् ।

 

सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताईन् । २०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ६४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए । 

 
कार्यक्रममा संस्थाका सल्लाहकार रोहितराज बास्तोला, शोभियत बहादुर अधिकारी, पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष इन्द्र पौडेल, राष्ट्रिय सहकारी बैँकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार इन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ– आफ्नो धारणा राखेका थिए ।

 

कार्यक्रममा राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्